जानौं रावणको बारेमा भएका केही तथ्यहरु :

प्रकाशित मिति:

रामलाई संझने धेरैले रामणको बारेमा पक्कै सुनेको हुनुपर्छ । अचम्मको कुरा (अपबादमा भए तपाई भन्नु होला) संसारमा राम नाम कति छ कति तर रावण नाम भन्ने कतै पनि छैन । त्यति ठुलो लंकापति रावणको नाम अन्त कतै नमिल्नु अचम्म हैन त ? हिन्दु धर्मको एक प्रामाणिक इतिहासको रामायण महाकाव्य मा रावणको बारेमा धेरै बुझ्न सकिन्छ , संभवत यो नै रावणको पनि प्रामाणित इतिहास हो भन्दा फरक नपर्ला ।
हिन्दु धर्ममा रामका बारेमा त धेरै कुराहरु पढियो , धेरै तथ्य जानकारीमा छ तर रामायणका बारेमा धेरै तथ्यहरु जानकारीमै छैन अथवा भनौं हामीले त्यसलाई जानकारी हासिल गर्ने प्रयास पनि सायदै गर्यौं , दराचारीको रुपमा मात्र चिनिने रावण धर्मका बिश्वासी र महाज्ञानी पनि थिए भन्दा अनौठो लाग्ला ।
अब लागौं रामणका बारेका केही तथ्यहरु  :

  •  रावणका बाजे अनाम प्रजापति पुलत्स्य ब्रह्माका दशौं पुत्र थिए । दु ः ख को कुरा उनले आफ्ना बाबु र बाजेको धर्मलाई साथ दिएनन् ।
  • हिन्दु ज्योतिषशास्त्रमा अन्य कुरासँगै रावण संहितालाई धेरै महत्वपुर्ण मानिन्छ , अचम्मको कुरा त यो छ त्यो संहिता रावण आफैले तयार गरेका थिए ।
  • रामको र रामणको दुस्मनीको बारेमा त हामी ज्ञात छौं तर यो थाहा छैन होला ? एक पटक रावणले रामको यज्ञ लगाएरै पुजा गरेका थिए, किनकी रामका सेनाले लंका पुग्नका लागि पुल बनाएका थिए यसलाई असफल बनाउनको लागि रावणले शिवजीको पुजा गर्नु थियो तर शिवजीलाई पुज्नु भन्दा अगावै रामको पुरा गर्नुपर्ने थियो ।
  •  रावण तिनै लोकका पति थिए भन्ने बुझिन्छ किनकी उनले इन्द्रलोक त भयो नै आफ्ना असुरको क्षमता बढाउनको लागि उनले भुलोक समेत कब्जा गरेका थिए ।
  • उस समय रावण धेरै बिद्धान मानिन्थे, यति सम्मकी उनले आफु मृत्यू शैयामा हुने बेला सम्म राम लक्षमणसँग बस्न चाहान्थे ताकि उनीहरुबाट राजपाट चलाउने र नियन्त्रण गर्ने सिप सिक्न सकियोस् ।
  • उनी संगीतमा पनि शौखिन थिएन । त्यसैले पनि हाोला उनी बिणा बजाउन सिपालु थिए । भनिन्छ , उनको संगीत सुन्न देवता पनि धर्तीमा झर्थे ।
  • रावाण यति शक्तिशाली थिए की उनले नवग्रहलाई समेत आफ्नो हातमा लिएका थिए । भनिन्छ मेघनाथको जन्म हुने बेला ग्रहको ११ औं स्थानमा राख्नको लागि आग्रह गरेका थिए ताकि उनलाई अमरता मिल्न सकोस् तर शनिदेवले नमान्दा उनी १२ औं स्थानमा बिराजमान भए, रिसाएका रावणले शनिदेव माथि आक्रमण गरि लामो समय बन्दी बनाए ।
  • रावणको भविश्य वाणी थियो उनको मृत्यू बिष्णुको हातबाट हुनेछ र उनले मोक्ष प्राप्त गर्नेछन् र उनको असुर रुपबाट मुक्ति मिल्नेछ ।
  •  रावणका दश शिर थिए भन्ने कुरा त सबैलाई थाहा छ , यसका सन्दर्भमा दुई तथ्य छन् ः एक उनका दश शिर थिएनन् , एक आफ्नो शिर थियो बाँकी एक माताले दिएको नौ मोती सहितको माला थियो । अर्को तथ्य उनी शिवजीको घोर तपस्यामा थिए यति सम्मकी उनले आफ्नो शिरलाई टुक्रा टुक्रा बनाए , शिवजी प्रसन्न भए र उनका हरेक शिरका टुक्रालाई पुर्ण दश शिर बनाई दिए ।
  • रावण नाम शिबजीले दिएका थिए । यति सम्मकी रावाणले शिवलाई कैलाशबाट लंका लैजान चाहान्थे , यसैको प्रयास स्वरुप पर्वत उठाउने कोशिश पनि गरे तर शिवजी राजी भएनन् ।
  • हामीले बुझेका छौं, रावणले सीताको हरण गरेका थिए तर जैन ग्रन्थको रामायणमा रावण सीता को पिताको रुपमा व्याख्या गरिएको छ ।