तीन घण्टा घस्रिएर छठ पुजा गरेका मेयरले मागे ‘समृद्धि’

प्रकाशित मिति:

काठमाण्डौ, २८ कात्तिक । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली तीन किलोमिटर घस्रिँदै घाट पुगेर छठपुजा गरेको समाचार नयाँ पत्रिकामा छापिएको छ ।

उनी विराटनगरको समृद्धि र शान्तिका लागि घिस्रिएर साष्टांग दण्डवत गर्दै शिव पञ्चायत मन्दिरबाट परोपकार घाट पुगेका थिए ।

मेयर पराजुलीले मंगलबार दिउँसो साढे १२ बजे दण्डवत यात्रा आरम्भ गरेका थिए। उनलाई तीन किमि यात्रा गर्न साढे तीन घन्टा लागेको थियो ।
उनीसँगै भतिजाहरु प्रमिस र मनीष पनि घस्रिएरै घाट पुगेका थिए । पराजुली पहेँलो वस्त्र लगाएका थिए ।

परोपकार घाटमा सपरिवार नदीमा पसेर अस्ताउँदो सुर्यलाई अर्घ दिए । उनी अघिल्लो बर्ष पनि घस्रिएर छठ पुजाका लागि घाट गएका थिए ।