चन्द्रागिरी हिल्सको शेयर नेप्सेमा सूचीकृत

प्रकाशित मिति:

चन्द्रागिरी हिल्सले सर्वसाधारणमा बिक्री गरेको समेत गरी डेढ कारोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेञ्जले शुक्रबार कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर आइतबारदेखि कारोबारमा आउने गरी सूचीकृत गरेको हो।

नेप्सेले कम्पनीको शेयर कारोबारको लागि सिजिएच CGH कारोबार संकेत प्रदान गरेको छ भने पहिलो कारोबारको लागि ९६ रुपैयाँ ६९ पैसादेखि २९० रुपैयाँ ७ पैसाको कारोबार रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर सूचीकरणको दोस्रो दिन अर्थात आइतबारदेखि यहि रेञ्जमा आधारित रहेर पहिलो कारोबार खुल्नेछ।शुक्रबार नेपाल स्टक एक्सचेञ्ज र कम्पनीबीच सूचीकरण सम्झौता भएको थियो। सोहि अनुसार नेप्सेले कम्पनीको शेयर सूचीकरण गरेको हो।