साझा युवा संगठन स्याङ्जा जिल्ला संयोजकमा सुमन भट्टराई

प्रकाशित मिति:

गोपीकृष्ण रेग्मी  ,फागुन- वालिङ, स्याङ्जामा साझा युवा संगठनका केन्द्रीय संयोजक अब्दुस मियाँ गल्याङ जेसिजका अध्यक्ष गोपीकृष्ण रेग्मी नेपाल विद्यार्थी संघ का जिल्ला सदस्य ऋसि बस्याल लगाएतले विवेकशील साझा पार्टी को साझा युवा संगठन स्याङ्जा जिल्ला समिति घोषणाले स्याङ्जाको राजनीति गर्ने युवा पुस्तालाई नेतृत्व लिने थप उर्जा भएको बताएका छ्न।

स्याङ्जा गल्याङ नगरपालिका वडा न।३का युवा सुमन भट्टराईको संयोजकत्वमा २९ सदस्यीय जिल्ला समिति छनौट भएको हो। शनिबार घोषणा गरिएको जिल्ला समितिको सदस्यहरुमा नारायण कार्की , महेन्द्र ढकाल,कमल थापा ,सागर खनाल,गणेश खनाल ,कृष्ण खनाल,सलाम मन्सुर ,सागर पौडेल ,अमित थापा ,अमित राना,सुजल पाठक,आशिष सुवेदी ,सुमन थापा ,सुमन पाण्डे ,आकाश भट्टराई ,दिलबर खान,बिमल भण्डारी ,आकास पान्डे , होम बहादुर गुरुङ, बिबेक पङ्गेनी, निरज आचार्य ,कुशल कार्की, प्रदिप ढकाल, उत्सव पङ्गेनी ,विवस गोदार,सन्दिप भण्डारी
लगाएत रहेका छ्न ।

साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै संगठनलाई हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने र वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको बोल्ने बक्ताहरुको भनाइ रहेको थियो । उर्जाशिल, ईमान र क्षमता भएका युवाहरू समेटेर बनेको समितिले वैकल्पिक राजनीति र नयाँ युवा अभियानलाई सशक्त बनाउने बताएका छ्न ।