झविन्द्र भण्डारी, गुल्मी ।
किरातेश्वर महादेव शिवालय मन्दिर धुर्काेट गाउँपालिका ५ वस्तुमा लुम्बिनी प्रदेशकै अग्लाे मानिएकाे नव निर्मित शिव मुर्तिकाे उद्घाटन गरिएको छ ।
विहिवार मन्दिर प्रांगणमा भव्य कार्यक्रमका साथमा धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पाेखरेलले नव निर्मित मुर्तिकाे उद्घाटन गर्नुभएको हाे ।
जन स्तरबाट स्वैच्छिक रूपमा संकलन भएकाे करिब ७ लाखकाे लागतमा१७ फिट अग्लाे शिव मुर्ति तथा राम, लक्ष्मण र सीता समेतका मुर्तिकाे उद्घाटन गरिएको हाे ।
किराँतेश्वर मन्दिरले अायाेजना गरेकाे नवाैँ साधारण सभा तथा नव निर्मित मुर्ति उद्घाटन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भुपाल पाेखरेलले जन स्तरबाट निर्माण भएकाे मुर्ति गाउँपालिकाकाे मात्र नभई लुम्बिनी प्रदेशकै धार्मिक स्थलका रूपमा विकास भएकाेमा सबैलाई धन्यवाद व्यक्त गर्नुभयाे । छाेटाे समयमा किरातेश्वर मन्दिरले संस्कृतकाे विकास गर्न संस्कृत पाठशाला तथा भजन कृतनकाे जगेर्ना गर्ने कार्यमा समेत मन्दिर अग्रसर भएकाे हुँदा गाउँपालिकाले थप सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
त्यस्तै विशेष अतिथि वडा नं. ५ का वडा अध्यक्ष ढुण्डीराज भण्डारीले वस्तु मात्र नभई धुर्काेट गाउँपालिकाकै लागि किरातेश्वर मन्दिरमा भएकाे कार्यक्रम र नव निर्मित मुर्तिले एउटा पहिचान कायम गरेकाे बताउदै यसकाे संरक्षण गर्नुपर्नेमा जाेड दिनुभयो ।
विहान ७ वजेदेखि मुर्तिकाे प्राण प्रतिष्ठा बाट सुरू भएकाे कार्यक्रम मुर्ति उद्घान, सहयाेगि दानविरहरूलाई सम्मान, विभिन्न देवताका झाकी प्रदर्शन, बृहत् भजन कृतन तथा भव्य शिव पुजा समेत गरिएको थियाे ।
कार्यक्रममा धुर्काेट परमानन्द भण्डारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद भण्डारी, विभिन्न क्षेत्रका समाजसेवी व्यक्तित्व, पत्रकार, सुरक्षाकर्मी लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियाे । कार्यक्रममै सचिव नन्दरामा भण्डारीले नव निर्मित मुर्ति तथा मन्दिरकाे अाय व्यय प्रस्तुत गर्नुभएको थियाे ।
मन्दिर सञ्चालक समितिका अध्यक्ष हुमलाल भण्डारीकाे अध्यक्षता रहेकाे कार्यक्रमकाे सञ्चालन सचिव नन्दरमा भण्डारीले गर्नुभएको थियाे । कार्यक्रमकाे सामुदायिक रेडियो धुर्काेटबाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियाे । फोटो फिचर :