बुटवलको कालिका माविका प्रअसहित ८ शिक्षकमा कोरोना देखिएपछि पठनपाठन बन्द

प्रकाशित मिति:

बुटवल । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माविका प्रधानाध्यापकसहित ८ जना शिक्षकमा कोभिड १९ को संक्रमण पुष्टि भएपछि विद्यालयको पठनपाठन बन्द गरिएको छ । प्रधानाध्यापकसहित ८ जना शिक्षकमा कोभिड १९ को संक्रमण पुष्टि भएपछि बैशाख २ गतेसम्मको लागि विद्यालयको पठनपाठन बन्द गरिएको हो ।

गतसाता सुदुरपश्चिमका विभिन्न स्थानको शैक्षिक भ्रमण गरि फर्किएका शिक्षकहरुमा कोरोना देखिएपछि अन्य शिक्षक तथा बिद्यार्थीहरु संक्रमणको उच्च जोखिममा रहेको भन्दै बिद्यालय ब्यबस्थापन समितिले बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालयमा करिब ८ हजार विद्यार्थी अध्ययरत रहेका छन् । संक्रमित प्रधानाध्यापक सहितका शिक्षक होम आईशोलेसनमा छन् ।