सत्तारुढ एमाले द्धारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

प्रकाशित मिति:

पोखरा, वैशाख १४ ; पीसीआर परीक्षण नगरी विशेष अधिवेशनको बैठक बोलाइएको बताउँदै सत्तारुढ एमालेले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । गत २ वैशाखमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध विपक्षी कांग्रेस, माओवादी केन्द्र र जसपाले प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका छन् । सोही प्रस्तावमाथि हिजोदेखि छलफल भइरहँदा एमालेले बैठकमा अवरोध पु¥याएको हो ।

सांसदहरूको पीसीआर परीक्षण नगरिएको, अधिकांश सांसदले खोपको दोस्रो डोज नलगाएको र कास्की प्रकाशनले निषेधाज्ञा जारी गरेको अवस्थामा प्रदेशसभा बैठक चल्न नदिइने एमालेले जनाएको छ । एमाले सांसदहरू उठेर बैठक अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनटका लागि बैठक स्थगित गरेका हुन् । अविश्वास प्रस्ताव पारित हुने अवस्था रहेकाले जसरी पनि बैठक लम्ब्याउने रणनीति एमालेले अख्तियार गरेको विपक्षी दलहरूले बताएका छन् ।

गण्डकी प्रदेशसभामा कांग्रेस, माओवादी र जसपाका गरी २८, जनमोर्चाका ३ जना गरी ३१ सांसद् छन् । एमालेका २७ सांसद मात्र छन् । स्वतन्त्र सांसद दीपक गुरुङले पनि जनमोर्चाले जसलाई साथ दिन्छ, उतै मत दिने घोषणा गरेका छन् । सबै जोड्दा अविश्वास प्रस्तावका पक्षमा ३२ सांसद हुने छन् ।