दीपका विद्यार्थीद्धारा अविनाश अनाथ आश्रममा सहयोग

प्रकाशित मिति:

ईन्ट्रयाक्ट कलव अफ दीप बोर्डिङ हाई स्कूलका विद्यार्थीहरुले तिलोत्तमा १५ स्थित नेपाल अविनाश अनाथ आश्रममा आश्रित बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका छन् । विश्व बाल अधिकार दिवशको अवसरमा आश्रममा रहेका १५ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको क्लवका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो । ईन्ट्रयाक्ट कलवकी अध्यक्ष युनिसा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा दीप बोर्डिङ हाई स्कूलका सह प्राचार्य सुरेन्द्र कुमार शाक्यले विद्यार्थीहरुले आफ्नो खाजा खर्चलाई बचाएर आश्रममा रहेका बालबालिकालाई सहयोग गर्नु स्रहानिय कार्य भएको बताउनुभयो । रोटरी क्लव अफ बुटवलका सचिव दया भण्डारीले सबैको सामूहिक सहयोगबाट अभिभावक विहिन बालबालिकाहरुको जीवनस्त्तर माथि उठाउन सकिने बताउनुभयो । आश्रमका सञ्चालक कृष्ण ज्ञवालीले आश्रित बालबालिकाहरुको शैक्षिक अवस्था माथि उकास्न र जीवन प्रति सकारात्मक सोच विकासका लागि सबैको सहयोग रहेको भन्दै सहयोगका कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा रोटरी क्लव अफ बुटवल अन्तरगत रहेका ईन्ट्रयाक्ट कलवहरुका संयोजक शिव प्रसाद ज्ञवाली, ईन्ट्रयाक्टका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।