राष्ट्रियसभा सदस्य पदका लागि हेटौंडामा मतदान सुरु

प्रकाशित मिति:

काठमाडौं । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा कायम रहेको मतदान केन्द्रमा मतदान सुरु भएको हो । मतदानको समय दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्य रामबहादुर थापालाई एमाले प्रवेश गरेको भन्दै कारबाही गरेपछि रिक्त भएको पदमा आज उपनिर्वाचन हुन लागेको हो । चुनावी मैदानमा सत्तारुढ एमालेको तर्फबाट थापा, विपक्षी गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेकै नेपाल पक्ष)को समर्थनप्राप्त खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ रहेका छन् । थापाले सूर्य, देवकोटाले कलम र तामाङले मादल चिह्न पाएका छन् ।