काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न संविधानको धारा ७६(५) अनुसार गरेको आह्वान संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट पुगेको छ । शुक्रबार अधिवक्ता सन्तोष भण्डारीलगायतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र स्वयम् प्रधानमन्त्री केपी ओलीलाई विपक्षी बनाएर रिट दायर गर्न अदालतमा पेशले गरेका छन् । यद्यपी, रिट दर्ता भने भैसकेको छैन ।
रिटमा राष्ट्रपतिको आह्वानले संविधानको उल्लंघन भई संवैधानिक प्रणालीमा गम्भीर क्षति पुग्न जाने हुँदा यो रिट निवेदनको टुंगो नलागे सम्म सो प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी अग्राधिकार माग गरिएको छ ।