सर्वोच्चमा रिट दायरका लागि सिंहदरबारमा हस्ताक्षर गर्दै सांसदहरु

प्रकाशित मिति:

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायरका लागि विपक्षी गठबन्धनमा रहेका सांसदहरुले संकलन गरिरहेका छन् । आइतबार दिउँसो सिंहदरबारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा आ आफ्ना पार्टीका सांसद नागरिकतासहित उपस्थित भएर हस्ताक्षर गरिरहेका छन् ।

सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ । १४९ जना सांसदहरुका तर्फबाट रिट दायर गर्ने तयारी छ ।