काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठक सोमबार अपरान्ह बालुवाटारमा बस्ने तय भएको छ ।
यसअघि शनिबार बसेको बैठकले पार्टीमा असन्तुष्ट रहेको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितका ११ जना नेताहरुलाई स्पष्टिकरण सोधेको थियो । स्पष्टीकरण बुझाउन सोमबार बिहानसम्म समय दिएको र समयअवधि पूरा भएकाले आजको बैठकले थप निर्णय लिन सक्ने एक नेताले जानकारी दिए ।
यस्तै, सोमबार नै वरिष्ठ नेताद्वय खनाल र नेपाल पक्षसहित विपक्षी गठबन्धन प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गर्न सर्वोच्च अदालतमा जाँदैछ । त्यसबारे पनि बैठकमा छलफल हुनेछ ।