राष्ट्रपतिले जारी गरिन् तीन अध्यादेश

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन अध्यादेश जारी गरेकी छन् । संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् ।

शनिबार मध्यान्ह बसेको मन्त्रिपरिषद् बैठकले ती अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।