रहेनन् विवेकशील साझाका नेता थापा

प्रकाशित मिति:

काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको  मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ २५ मिनेटमा निधन भएको हो ।

४४ वर्षिय थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो।

कोभिड संक्रमण भई केही दिनदेखि थापा ह्याम्स अस्पतालमा भर्ना भएका थिए । ह्याम्सबाट उनलाई ग्रान्डी अस्पताल रेफर गरिएको थियो र थप स्वास्थ्य अवस्था जटिल भएपछि जेठ १४ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।