मकवानपुर — वाग्मती प्रदेशसभाको बैठक जेठ २७ गते बिहीबारका लागि आह्वान गरिएको छ ।प्रदेशसभा सचिवालयले दिउँसो ३ बजेका लागि बैठक डाके को हो । आगामी आर्थिक वर्ष २०७८/०७९ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) अर्थात प्रि–बजेटको छलफल सकिएपछि जेठ १७ गते सोमबार प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।
आगामी बैठकमा विनियोजन विधेयक पास गर्ने र प्रदेश प्रमुखबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको बुझिएको छ । वाग्मती प्रदेश सरकारले असार १ गते प्रदेशसभामा आगामी आवको बजेट ल्याउने तयारी गरिरहेको छ । विपक्षी दल माओवादी केन्द्र, कांग्रेस, विवेकशील साझा, राप्रपा तथा नेपाल मजदुर किसान पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गरेर अगाडि बढिरहेका छन् ।