प्रदेशसभाको हत्या हुन नदीने भन्दै दीपक मनाङ्गे लागे बिपक्षी गठवन्धन तिर

प्रकाशित मिति:

पोखरा । गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङले मुख्यमन्त्री पृथ्वी सुब्बाको साथ छाडेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने अघिल्लो दिन उनले गुरुङको साथ छोडेका हुन् । गुरुङ सरकारमा युवा तथा खेलकुद मन्त्रीसमेत रहेका दिपकले प्रदेश सभा भंग हुनबाट रोक्न विपक्षी गठबन्धलाई सहयोग गर्नुपरेको उनले बताए ।

बुधबार बोलाइएको मन्त्रिपरिषद् बैठकमा मन्त्री मनाङ अनुस्थित भए । उनी विपक्षी गठबन्धनतिर लागेको त्यस पछि स्पष्ट भएको छ । मुख्यमन्त्री गुरुङलाई साथ दिँदा प्रदेशसभा विघटन हुनसक्ने भएकाले विघटन रोक्न विपक्षी गठबन्धनको पक्षमा उभिएको मन्त्री मनाङेले बताएका छन् ।यससँगै विपक्षी गठबन्धनलाई बहुमत पुग्ने निश्चित भएको छ । जसले बहुमतका लागि ३१ पुर्याउछ उसैलाई साथ दिने भन्दै उनले एमाले नेताहरुसंगको छलफलमा साथ दिन नसक्ने स्पष्ट पारेका थिए ।

१५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदानको तयारी हुँदै गर्दा सम्पर्कविहीन भएको भोलिपल्ट मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाएका थिए । ठुलो दलको हैसियतमा पुनःमुख्यमन्त्री नियक्ती भए पछि गुरुङले उनलाई पुरानै जिम्मेवारी दिएका थिए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानीक व्यवस्था अनुसार उनले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । उनीसँग बहुमत पुष्टि हुने आधार देखिएको छैन । स्वातन्त्र सांसद गुरुङले साथ छाडे पछि मुख्यमन्त्रीसंग आफ्नो पार्टीका २७ सांसद मात्रै छन् । राष्ट्रिय जनमोर्चाले पदमुक्त गरेका कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि उनले गुरुङको पक्षमा मतदान गर्ने अनुमान गरिए पनि उनी तटस्थ बस्ने संकेट गरेका छन् ।

विपक्षीको पनि बहुमत नपुग्ने देखे पछि विश्वासको मत नपाएपछि अर्को सरकार नबन्ने भएकाले प्रदेशसभा भंग गरेर मध्यामधि घोषणा गर्ने गुरुङको तयारी थियो ।सत्तारुढ दल एमालेसँग २७ सांसद छन् । कांग्रेस १५, माओवादी १२ सभामुख सहित, जनता समाजवादीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन तम्तयार छन् । जनमोर्चाले पदमुक्त गरेर फेरि सर्वोच्चबाट थमौति पाएका कृष्ण थापाले तटस्थ बस्ने प्रतिक्रिया दिएका छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ । मनाङले विपक्षीलाई साथ दिए संविधानको धारा १६८ को उपधारा५ अनुसारको सरकार बनाउन सक्ने आधार बनेको छ ।