लुम्बिनी सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

प्रकाशित मिति:

बुटवल । लुम्बिनी प्रदेश सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश संसदीय दलले ह्वीप जारी गरेको छ । जसपा संसदीय दलकी प्रमुख सचेतक पूरमति ढेंगा मगरले पार्टीका ६ जना सांसदहरुलाई पत्र पठाइ विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन् ।

प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम समयसापेक्ष र जनपक्षीय नरहेको जसपाको आरोप छ । प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ २५ गते प्रदेशसभामा पेशगरेको नीति तथा कार्यक्रमको आइतबार प्रदेश सभामा पारित गर्ने कार्यसूची छ ।