लुम्बिनी सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रकाशित मिति:

बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/८९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ २५ गते प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रमको आज प्रदेश सभामा पारित भएको हो ।

आईतबार नीति तथा कार्यक्रम माथी प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको मुख्यमन्त्री शंकर पोखरेलले सभामा जवाफ दिएका थिए । सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम बहुमतले पारित भएको जनाए ।