कांग्रेसद्वारा थप ३३ जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक, यसरी हेर्नुहाेस्

प्रकाशित मिति:

काठमाडौँ । नेपाली कांग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ।  १४ औं महाधिवेशनको तयारीका लागि कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको हो । यस अघि १०१ स्थानको विवरण कांग्रेसले सार्वजनिक गरेको थियो।

सार्वजनिक गरिएका प्रस्ताववित नामावलीमा कुनै त्रुटी भएमा वा छुट भएमा नयाँ सदस्यता तर्फ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले र नयाँ सदस्यतातर्फ स्पष्ट आधार र प्रमाणसहित त्रुटी सच्याउन समेत सकिने र सुझाव भए दिन पनि आग्रह गरिएको छ । त्यससम्बन्धि कुनै उजुरी भए असार ६ गतेसम्म दिन सकिने छ ।

थप सार्वजनिक गरिएका र यसअघि सार्वजनिक गरिएका नामावलीहरु हेर्नका लागि www.nepalicongress.org मा क्लिक गरि हेर्न सकिने कांग्रेसले जनाएको छ । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ गतेबाट काठमाडौंमा सुरु हुँदैछ ।