विपक्षी गठबन्धनका ५ दलले प्राकृतिक विपत्ति सामना गर्न सरकारले कुनै पूर्वतयारी नगरेको आरोप लगाएका छन्।बिहीबार पाँच दलले संयुक्त वक्तव्य जारी गरी बाढी, पहिरो तथा डुबानबाट नागरिकको सुरक्षा, पीडितको उद्धार तथा उनीहरूलाई खाद्यान्न, आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गरी कोरोना महामारीबाट आक्रान्त नागरिक बाढी पहिरोका कारण थप कष्टमा परेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘इमान्दारी, तदारूकता र पारदर्शी रूपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं।’