महाराजगञ्जमा विमलेन्द्र, शशांक र प्रकाशमान छलफलमा

प्रकाशित मिति:

काठमाडौं, असार ११ : आगामी १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा रहेका कांग्रेस नेताहरु महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा छलफलमा जुटेका छन् ।

महाराजगञ्जमा कोइरालासहित उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको हो । यसअघि यी तिनै जना नेताले बानेश्वरस्थित निधि निवासमा छलफल गरेका थिए । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुँदैछ।