कालीगण्डकी डाइभर्सनबारे दलबहादुर र पद्यमाको मौनता, तटीय क्षेत्रका बासिन्दा रुष्ट

प्रकाशित मिति:

काठमाडौँँ । कालीगण्डकी डाइभर्सन आयोजनाले नकारात्मक असार पार्ने भएपनि पाल्पा र स्याङ्जाका एमालेका नेताहरु भने डाइभर्सनको विरुद्धमा उभिन सकेका छैनन । बुटवलवासीलाई खुशी पार्न एमाले उपमहासचिव विष्णु पौडेलले अगाडि सारेको योजना भएकाले आफ्नो क्षेत्रलाई नकारात्मक प्रभाव पर्ने भएपनि एमाले नेताहरु मौन देखिएका हुन्।

उनीहरुले आफ्नो ठाउँ र आफ्ना नागरिकको आवाजलाई वेवास्ता गर्दै पार्टीका नेताको निर्देशनमा मौन बसेको स्थानीयले गुनासो गरेका छन् ।
डाइभर्सनले नकारात्मक असर पार्ने पाल्पा क्षेत्र नं। १ का सांसद दलबहादुर राना, स्याङ्जा क्षेत्र नं। २ की सांसद पद्यमा अर्याललगायतको मौनताप्रति स्थानीयले असन्तुष्टि जनाएका छन । सामाजिक सञ्जालहरुमा नेताद्धय राना र आर्यालसहितका एमालेका नेताहरु किन मौन भन्दै आम नागरिकले प्रश्न उठाएका छन् । खरबभन्दा बढी खर्चीलो आयोजनाले पाल्पा र स्याङ्जासहित तल्लो तटीय क्षेत्रको रक्तसञ्चारलाई काट्ने र प्राकृतिक सन्तुलन विगार्ने भन्दै स्थानीयले विरोध जनाएका छन् ।

गण्डकी र लुम्बिनी प्रदेशका जिल्ला हुँदै नारायणी नदीमा मिसिने कालीगण्डकीको पानी तिनाउ नदीमा मिसाएर रुपन्देही र कपिलवस्तुमा सिञ्चाइ गर्ने उद्देश्य यो आयोजनाको छ ।स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–३, पीपलडाँडा क्षेत्रमा बाँध बनाएर २७ किलोमिटर लामो सुरूङमार्फत पाल्पाको तिनाउ गाउँपालिका–१ दोभान र दोभानबाट बुटवलको बेलबाससम्म थप ७ किलोमिटर सुरुङ खनेर तिनाउमा पानी झार्ने योजना छ ।

डाइभर्सन आयोजनाले रम्भा गाउँपालिका, रामपुर नगरपालिका, चापाकोट नगरपालिका, निस्दी गाउँपालिका, घिरिङ गाउपालिका, देवघाट गाउँपालिका, बुलिङटार गाउँपालिका, बौदीकाली गाउँपालिकाका हजारौं परिवार प्रभावित हुने पाल्पाको रामपुर नगरपालिलाका प्रमुख रमणबहादुर थापाले बताउनु भएको छ । डाइभर्सनले धार्मिक, सांस्कृतिक, वातावरणीय, पर्यटकीय धेरै हिसाबले नदी तटीय क्षेत्रलाई नराम्रो असर पर्ने उहाँको भनाई छ ।@http://nepalinetwork.com