काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले आफूहरुको सक्रियताले एमाले फुटबाट जोगिएको बताएका छन् ।
“माधव नेपाल र केपी ओलीलाई एक महिनाको विपश्यना कोर्षमा पठाउनुपर्छ । ध्यान, प्राणायमतिर पठाउनुपर्छ । त्यहाँबाट निस्किएर आउँदा यी सबै घटनाक्रमहरूको आत्मसमीक्षा गरेर, मनलाई पखालेर, चङ्गा भएर उहाँहरू एकताबद्ध एमाले लिएर अघि बढ्नुपर्छ । त्यो एमालेको खोजी अहिले मैले गरिरहेको छु,”