सरकारी वकिलको बहस आज, कस्ता विषयवस्तु उठान हुँदैछन् ?

प्रकाशित मिति:

काठमाडौँ- प्रतिनिधि सभा विघटनको मुद्दामा मंगलबार ९आज० पनि सरकारी वकिलहरूले बहस गर्दैछन् । उनीहरूलाई चार घण्टा २० मिनेट समय दिइएको छ ।

सोमबार महान्यायाधिवक्ता रमेश बडालले तीन घण्टाभन्दा बढी बहस गरेका थिए । नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले राष्ट्रपतिले दुवै पक्षको दाबी अस्वीकार गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा संवैधानिक व्यवस्थाको विश्लेषण गर्नेछन् । त्यस्तै संविधानको धारा ७६ को सरकार गठनमा ह्विप लाग्‍ने वा नलाग्‍ने विषयमा बोल्नेछन् ।

जसमा उनले फ्लोर क्रससम्बन्धी अन्य मुलुकको उदाहरणसमेत पेश गर्ने तयारी गरेका छन् । उनलाई दुई घण्टामा थपघट गरेर बोल्न सक्ने समय दिइएको छ ।