कार्यदल बैठकले पार्टी एकतामा आशावादी हुने संकेत गरेको छ : गोकर्ण विष्ट

प्रकाशित मिति:

नेकपा एमालेका सचिव गोकर्ण विष्टले लामो समयपछि बसेको कार्यदलको बैठकले एमाले भित्र सहमतिका लागि आशावादी हुने संकेत दिएको बताएका छन् । सिंहदरबार स्थित अर्थ मन्त्रालयमा सोमवार साझ बसेको कार्यदलको बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै सचिव विष्टले कार्यदलको बैठक सौहार्दपूर्ण भएको र पार्टी एकताका लागि आशावादी हुने ठाउँ देखिएको बताएका हुन् ।

‘आजको बैठकमा यसअघि अनौपचारिक रुपमा भएका कयौ छलफलको बारेमा समीक्षा भयो । भोलि छलफल गर्नेगरी आजको बैठक सकियो । सहमतिको वातावरण कसरी बनाउन सकिन्छ भन्नेमै छलफल केन्द्रीत रह्यो’ विष्टले भने ।सचिव विष्टले औपचारिक रुपमा कसरी विवाद टुंगो लगाउन सकिन्छ भनेर दुवै पक्षबीच सकारात्मक ढंगले छलफल शुरु भएको बताए । ‘आशावादी हुने संकेत देखिएको छ, दुवै समूहमा रहेका सदस्यले पार्टी एकताका लागि इमानदारी पूर्वक पहल गछौं ।

पार्टी एकता सार्थक पुर्याउन विषयवस्तु प्रस्तुत भएका छन, औपचारिक रुपले छलफल भएका छन् । भोलि व्यवस्थित ढंगले अगाडि अगाडी बढ्ने कुरा भएको छ’ विष्टले भने ।कार्यदलमा संस्थापन पक्षबाट सुवास नेम्वाङ र माधव नेपालको तर्फबाट भीम रावल संयोजक छन् ।