कालीगण्डकी डाइभर्सनको विरोधमा स्याङ्जाको गल्याङमा मसाल जुलुस

प्रकाशित मिति:

असार- कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको विरोधमा स्याङ्जा मा मसाल जुलुस प्रदर्शन गरिएको छ। कालीगण्डकी सरोकार युवा समूह लगाएत ले विरोध प्रदर्शन गरेको हो। उहाँहरुले कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनालाई जनविरोधी, सभ्यताविरोधी र पर्यावरण खल्बल्याउने किसिमको भएको बताउनु भएको छ ।

प्रदर्शनकारीहरूले जनताको ‘आवाज यही हो, कालीमा पानी चाहियो’, ‘काली डाइभर्सन चाहिँदैन, पर्यावरण मास्न पाइँदैन’, ‘काली डाइभर्सन हुन दिँदैनौं’ लगायतका नारासहितका प्लेकार्ड बोकेको देखिन्थ्यो । केहीदिन पहिले अर्थमन्त्री विष्णुप्रसाद पौडलले बुटवलमा आयोजित एक कार्यक्रमबीच कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको कार्यालय उद्घाटन गर्नुभएको थियो । जसका कारण अहिले लुम्बिनी र गण्डकी प्रदेशबीच द्वन्द्व निम्तिने देखिएको छ।

बुटवल क्षेत्रका स्थानीय तथा राजनीतिक कार्यकर्ताले उक्त विषयको समर्थन गरेपनि गण्डकी प्रदेशका राजनीतिक दल तथा स्थानीयले भने विरोध गरेका छन्। गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले नेता पुथ्वी सुब्बा गुरुङले त यो विषयमा खुलेरै विरोध गरिसक्नु भएको छ ।कोण सभालाई सम्बोधन गर्दै नेपाल बिद्यार्थी संघका महामन्त्री युबराज पाण्डेयले वताउनु भयो , नेपालको राष्ट्रियता र स्वाधिनता रक्षाका लागि नेपाल बिद्यार्थी सघ अहिले सडकमा ओर्लिन बाध्य भएको छ । मुलुकमा जव संकट पर्छ त्यसबेला बिद्यार्थीले आन्दोलनको नेतृत्व गर्दै आएको र बिद्यार्थीले गरेको आन्दोलनले मूर्त रुप लिएको बताउनु भएको छ ।