मुख्यमन्त्री पौडेलको विपक्षी दुई दलसँग वार्ता, सदनको अवरोध हटाउन सहमति

प्रकाशित मिति:

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शनिबार प्रतिपक्षी दल माओवादी र नेपाली कांग्रेसका संसदीय दलका नेतासँग वार्ता गरेका हुन् । बागमती सरकारको बजेट पासका लागि दलीय सहमति जुटाउन उनले प्रमुख दुई विपक्षीसँग वार्ता गरेका हुन् ।

उनले प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेल तथा प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बनियाँसँग छलफल एवं वार्ता गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।सो वार्तामा सभामुख सानुकुमार श्रेष्ठ र नेकपा (एमाले)का संसदीय दलका मुख्य सचेतक दीपक निरौलाको समेत सहभागिता थियो । छलफल सकारात्मक रहेको सचिवालयले जनाएको छ ।

छलफलले प्रदेशसभाको गतिरोध अन्य गरेको र आइतबार हुने प्रदेशसभाको बैठक विनाअवरोध सञ्चालन हुने मुख्य सचेतक निरौलाले जिकिर गरे ।बजेटमाथिको छलफल आइतबार नै सकेर अबेरसम्म भए पनि बजेट पास गरेर अगाडि बढ्ने सहमति भएको उनले जानकारी दिए ।