काठमाडौं । एन्ड्रोइडका विभिन्न एपमध्ये एउटा एप हो, ‘वाटर रेसिस्टेन्स टेस्टर’ अर्थात् पानीबाट तपाईंको फोन कतिको सुरक्षित छ वा छैन भनेर पत्ता लगाउने एप । गुगल प्ले स्टोरमा भएको यो यस्तो एप हो, जसको प्रयोगको बारेमा हामीलाई सामान्य रुपमा थाहा नहुन पनि सक्छ ।यो एपले एन्ड्रोइड फोनको ब्यारोमिटर निश्चित वातावरणमा हावाको चाप मापन गर्ने यन्त्रको प्रयोग गरेर फोनको आईपी रेटिङ पत्ता लगाउन सकिन्छ ।यो एपका डेभलपर रे वाङका अनुसार मानिसहरूले आफ्नो फोन एकपटक मर्मत गरिसकेपछि अथवा फोन चलाएको लामो समय भइसकेपछि पनि यसको वाटरप्रुफ सिलिङको अवस्था कस्तो छ भनेर थाहा पाउनको लागि यो एप विकास गरिएको हो ।
यो एन्ड्रोइड एप डाउनलोड गरेर यसमा दिइएका निर्देशनहरू पालना गरेर आफ्नो फोन पानीबाट कतिको सुरक्षित छ वा छैन भनेर हेर्न सकिन्छ ।यदि तपाईंको फोन वाटरप्रुफ छ भने यसले तपाईंको फोनलाई ‘पास’ भनेर ग्रेडिङ गर्छ भने तपाईंको फोन वाटरप्रुफ छैन अथवा तपाईंको फोन डिग्रेड भइसक्यो भने एपले तपाईंको फोनलाई ‘फेल’ भनेर ग्रेडिङ गर्छ ।तर तपाईंको फोन पास हुनुको अर्थ भने फेरि फोनलाई लगेर पानीमा मज्जाले डुबाउन सकिन्छ भन्ने चाहिँ पक्कै होइन । यो एप वाटरपुर्फ टेस्ट गर्नको लागि बनाइएको पहिलो एप भने होइन ।
गुगल प्ले स्टोरमा यस्ता धेरै एपहरू भेटिन्छन्, जसमध्ये केही सबैखाले फोनको लागि प्रयोग हुन्छ भने केही चाहिँ सीमित फोनको लागि प्रयोग हुन्छन्। तीमध्ये केही एपहरू अहिले आएर चल्न छोडेको पनि छ ।