पौडेल पक्षका नेताहरूको बैठकः सरकारमा सहभागी हुने मन्त्रीहरू बारे छलफल, तर टुंगो लागेन
काठमाडौं। महाराजगन्जस्थित कांग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा बसेको नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूको बारेमा छलफल भएको छ।
पार्टीका नेता अर्जुननरसिंह केसीले बताएअनुसार बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूको बारेमा छलफल भए पनि बैठकले पार्टीका सभापतिसँग छलफल गरेर मात्रै निर्णय गर्ने निधो गरेको छ। बैठकमा कांग्रेसको अधिवेशन तोकिएकै मितिमा हुनुपर्नेमा पौडेल पक्षका नेताहरू एकजुट भएका थिए।