काठमाडौ- नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित नेपाल निवास पुगेकी छन्।राजदूत यान्छी अपराह्न ४ बजे कोटेश्वर आइपुगेको र अहिले नेपालसँग उनको भेटवार्ता जारी रहेको नेपालको सचिवालयले जानकारी दिएको छ।
राजदूत यान्छीले शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेकी थिइन्। त्यसक्रममा उनले चीनले नेपाललाई थप १६ लाख डोज कोभिड खोप दिने निर्णय गरेको समेत जानकरी गराएकी थिइन्।
देउवालाई भेटेलगत्तै चिनियाँ राजदूतले नेपाललाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।