काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेको असन्तुष्ट पक्ष नआउँदा पनि फरक नपर्ने बताएका छन् । उनले कार्यदलको १० बुँदा कार्यान्वयन हुँदा पनि नआउनेलाई केही गर्न नसकिने भएको भन्दै पार्टी फुट र जुटको इतिहास खोतलेकाछन् ।
‘फैसलाले एमाले सक्किने भए ०५२ मै सकिएको हुन्थ्यो, यो राजनीती हो, कोही चोईटिएर पनि सकिदैन, देउवाले कांग्रेस फुटाए, पार्टी चलेन मुल पार्टीमै फर्किए’ उनले भनेकाछन्, ‘बामदेवको त्यही कथा दोहोरिएकै हो, बैद्यको करिब उस्तै भयो, राप्रपामा पनि पटक पटक सोही कुरा भएकै छ, दशबुंदे अनुमोदन हुँदा पनि कोही आउदैनन भने नआउन।’