काठमाडौं। नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको बैठक बोलाइएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, संसदमा पार्टीले खेल्ने भूमिकाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरूको सहभागिताका विषयमा पनि छलफल हुने प्रमुख सचेतक गुरुङले देखापढीलाई बताए ।