लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले वृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले शनिबार रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रमलाई सहयोग गरेको हो । वर्ष २०२१र२२ को पहिलो कार्यक्रम अन्तर्गत आश्रमलाई २० हजार रुपैयाँ प्रदान गरिएको क्लबका अध्यक्ष तनु शर्मा कसौधनले बताइन् । उनले आश्रमलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको जानकारी दिइन् । क्लबले उक्त रकमको चेक एक कार्यक्रमकाबीच आश्रमका अध्यक्ष माया खरेललाई हस्तान्तरण गरिन् ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका डिष्ट्रिक इक्जुकेटिभ चिफ महेशचन्द थापाले सेवाको क्षेत्रमा लायन्सले हात अगाडी बढाएको बताए । उनले लायन्स क्लबहरुले अग्रसरताका साथ सामाजिक कार्यहरु गरेको बताए । ‘हामी सेवा गर्छौं’ भन्ने लायन्सको मूलमन्त्रलाई आत्मसात गर्दै अगाडी बढ्नुपर्ने उनको भनाइ थियो ।
आश्रमका अध्यक्ष माया खरेलले आर्थिक अभाव भइरहेको बेला लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले आश्रमलाई सहयोग गरेको बताइन् । उनले क्लबले आश्रमको आवश्यकतालाई सम्बोधन गरेको बताइन् । ‘आश्रमको आयस्रोतको रुपमा रहेको ३र४ वटा सटर पनि अहिले सडक निर्माणका क्रममा भत्किएकाले आर्थिक स्रोत जुटाउन समस्या छ, यस्तो अवस्थामा क्लबले आर्थिक सहयोग गर्नु सराहनीय कार्य हो, ’उनले भनिन् ।लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ वर्ष २०२१/२२ का अध्यक्ष तनु शर्मा कसौधनको अध्यक्षता, कार्यक्रम संयोजक नीपा क्षेत्रीको स्वागत, शिल्पा श्रीवास्तवको ध्वजा अभिवादन तथा सचिव रागिनी जैसवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका डिष्ट्रिक डेपुटी चिफ रुपमा हिराचन, रिजन चेयरपर्सन अनिता थापा, जोन चेयरपर्सन माया मल्लिक, डिष्ट्रिक प्रोग्राम मेम्बर सुधा कुंवर, लियो क्लब अफ सिद्धार्थनगर युथ वर्ष २०२१र२२ का अध्यक्ष अनुराग पाण्डे लगायतको उपस्थिति रहेको थियो ।