काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले सोचेजस्तो नभएको बताएका छन्। बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा केन्द्रीय कमिटीका सदस्यहरुलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
हाम्रो यहाँ सोचेजस्तो भएन। तर राजतन्त्रको अन्त्य भयो गणतन्त्र आयो यसो हेर्दा हामीले सोचेको जस्तो त केही भयो पनि। तर अहिले पनि सामन्तवादी प्रवृति हावी नै छ, प्रचण्डले भने।
यस्तो अवस्थामा पनि जिम्मेवार भएर अघि बढेमा नेतृत्व अगाडि अहिले ठुलो अवसर भएको उनको भनाई थियो।चुनौती र खतरा अहिले पनि छन्। हामी जिम्मेवार भएर अघि बढ्नु पर्ने छ। रुपान्तरण आवश्यक छ हामीले सक्नै पर्छ। हामी एउटा उचाइमा पुग्नैपर्छ, अध्यक्ष प्रचण्डले भने, हामी सबैले रुपान्तरण गर्ने अभियान यो बैठकले गरेको छ। हामी सबैले अगाडि बढ्नु नै पर्छ। यो नेतृत्व अगाडि अहिले ठुलो अवसर पनि छ।