श्रीकृष्ण सिग्देल-स्याङ्जा, स्थानीयले जनप्रतिनिधि र कर्मचारीबाट भएको अनियमितताका बारेमा अख्तियारमा उजुरी गरेपनि खासै अनुसन्धान गरेको बिषय बाहिर आएका छैनन् । आफ्नो पालिकामा विकास गतिविधि र यसमा भएको आर्थिक पार्दशिताबारे जानकारी पाउने अधिकार नागरिक सगँ रहेको छ । नेपालको संविधानले हरेक सरकारी कार्यालय देखि स्थानीयतह सम्मको आर्थिक फेरहिस्ता नागरिकले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ । अहिलेका जनप्रतिनिधि खासै नागरिकलाई हिसाब किताब सार्वजनिक त हैन सिधा रुपले पनि भन्न चाहदैनन् । यस्तै गुनासाहरु सामाजिक सञ्जाल देखि भौतिक सहभागितामै पोखेको देख्न सकिन्छ ।
यस्तै घट्नाको साक्षी बनेको उदाहरण अहिले हरिनास गाँउपालिकामा देखिएको छ । हरिनास गाँउपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले हरेक योजनामा आफै मनोमानी गर्दै करोडौ रकम चलखेल गरेको आरोप लगाउदै स्थानीयहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा पुगेका छन् । स्याङ्जाका केही स्थानीयतहको अनियमितााको छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी परेपनि हरिनास गाँउपालिकाको उजुरीलाई चासोको बिषयले हेरेको अख्तियारको भनाई छ । पटक पटक स्थानीयले उजुरी दर्ता गर्न थालेपछि पोखरा स्थित अख्तियारले पनि सो सम्वन्धमा चासो बढेको जनाएको हो । यो गाँउपालिकाको उजुरी पटकै पिच्छे आएको देखिन्छ पोखरा स्थित अख्तियार कार्यालयका सुचना अधिकारी मेघनाथ रिजालले भने,‘उजुरी बढ्दै जानु भनेको अनियमिताको भएको शंका हुनु हो ।’ हामी छानविनको प्रक्रिया मै छौ र निष्कर्षमा जादै पनि छौ उनले भने ।
सडक, गाँउपालिका भवन निर्माण, भ्युटावर निर्माण, खानेपानी लगायतका बिषयमा अध्यक्ष मानन्धरले मनोमानी गरी आर्थिक चलखेलको आरोप लगाउदै पोखरा स्थित अख्तियारमा उजुरी दर्ता गरेका थिए । अख्तियारमा दुई बर्षमा गरी दर्जनौ योजनामा अपादर्शिता रुपले काम भएको भन्दै स्थानीयले उजुरी दिएका छन् । अख्तियार मात्रै नभएर अध्यक्ष मानन्धरको सम्पती छानविनको माग गर्दै सम्पती शुद्धिकरण आयोगमा समेत यजुरी दिने तयारीमा रहेको स्थानीयले बताएका छन् । यस बिषयमा अध्यक्ष मानन्धरले आफुले सबै गाँउपालिकावासी सगँ छलफल र समन्वकारी भुमिकामा बिकासे आयोजना सम्पन्न गर्दै आएको दावी गरेका छन् । आफुबाट कुनै अनियमिता भएको भए कारवाहि भोग्न तयार रहेको भन्दै अध्यक्ष मानन्धरले राजनीतिक प्रतिशोधमा दुख दिने गरेको आरोप लगाए । पोखराको अख्तियार कार्यालयमा पछिल्लो समय स्थानीयतहका उजुरी धेरै आउन थालेको सुचना अधिकारी रिजालले बताए । कतिपय उजुरी राजनीतिक प्रतिशोध, रिसिबी साध्न दुख दिने खालका छन् भने कतिपय अलि गम्भिर प्रकृतिका रहेको रिजालको भनाई छ । नयाँ आर्थिक बर्ष शुरु भएसगै अख्तियारले पनि आफ्नो काम कारवाहि अगाडी बढाउन थालेको बताइएको छ ।