७७ जिल्लामा एकैपटक वडा अधिवेशन गर्न पौडेल पक्षको माग

प्रकाशित मिति:

९ भाद्र,काठमाण्डौ ।नेपाली कांग्रेस संस्थापनइतर समूहले ७७ जिल्लामै एकैपटक अधिवेशन गर्न माग गरेको छ ।खण्डित रुपमा अधिबेशन गर्दा राम्रो संकेत नजाने तथा पार्टीभित्र समस्या आउन सक्ने भन्दै सबै जिल्लामा तोकिएकै समयमा एकै पटक अधिवेशन गर्न माग गरेको हो ।कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलमा नेताहरुले बिबादित बिषयहरुमा छलफल गरेर छिटो सहमतिमा पुग्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिने समेत निर्णय भएको काङग्रेस नेता बलबहादुर केसीले रेडियो काठमाण्डौँलाई जानकारी दिनुभयो ।

कार्यतालिका अनुसार भदौ १८ बाट काङग्रेसको वडा अधिवेशन तय गरिएको छ ।बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, अर्जुननरसिंह केसीलगायतका नेताहरुको सहभागिता थियो ।। यस्तै क्रियाशील सदस्यताका विषयमा धर्नामा रहेका जिल्ला सभापतिहरुको आन्दोलनमा एक्यवद्धता जनाउँदै आन्दोलनलाई थप सहयोग गर्ने भएको छ । काङग्रेस मुख्याल ललितपुरमा जारी रिले अनशनमा रामचन्द्र पौडल पनि सहभागी हुने कार्यक्रम छ । अनसनमा भाग लिन रामचन्द्र पौडेल लगाएतका नेताहरु दिउँसो २ बजे मुख्यालय जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।@radiokathamandu