काठमाडौं- प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । शुक्रबार साझँ देउवा र पौडेलबीच सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । उनीहरुबीच आसन्न चौधौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा छलफल भइरहेको बताइएको छ ।
यसअघि नेता प्रकाशमान सिंहको निजी निवास ठमलेस्थितको चाकसीबारीमा बसेको पौडेल पक्षको बैठकमा पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद समाधान गरि महाधिवेशन तोकिएकै मितिमा गर्न देउवालाई दवाव दिने निर्णय गरिएको थियो ।
आज देउवा र पौडेलबीच काँग्रेसको क्रियाशील सदस्यता विवाद र भदौ १८ गतेदेखि सुरु हुने वडा तहको अधिवेशनलगायतका बिषयमा छलफल भएको जनाइएको छ ।