सुर्खेतमा तरुण दलका जिल्ला सदस्यमाथि खुकुरी प्रहार

प्रकाशित मिति:

११ भदौ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा तरुण दलका जिल्ला सदस्यमाथि खुकुरी प्रहार भएको छ । शुक्रबार बेलुका करीब साढे सात बजे वीरेन्द्रनगर नगरपालिका–८ धमला चोकस्थित वीरेन्द्रनगर–४ कालागाउँका सन्तोष गिरीमाथि खुकुरी प्रहार भएको हो ।तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टका अनुसार गिरी धमला चोकस्थित एक कटेजमा बसेको अवस्थामा मोटरसाइकलमा आएको एक समूहले खुकुरी प्रहार गरेको थियो ।

तीनवटा मोटरसाइकलमा ६ जना आएका थिए, मोटरसाइकलबाट एक्कासी झरेर खुकुरी प्रहार गरे,’ विष्टले अनलाइनखबरसँग भने ।खुकुरी प्रहारबाट गिरीको दायाँबायाँ हात काटिएको छ । उनको माया नर्सिङ होममा उपचार भइरहेको विष्टले जानकारी दिए । खुकुरी प्रहार गर्नेहरु फरार छन् । यसबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीलाई बुझ्दा उनले आफू अलि बाहिर भएको र बुझेर प्रतिक्रिया दिने बताए ।