आकांक्षी सख्या वढेपछी लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

प्रकाशित मिति:

बुटवल १३ भदौ, । लुम्बिनीमा नयाँ सरकार बनेको १५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री केसीले त्यसै दिन नेपाली कांग्रेस र माओवादी केन्द्रका एक(एक जना, जसपाका तीनजना र स्वतन्त्र सांसद अजय शाही मन्त्री बनाए पनि त्यसपछि मन्त्रिपरिषद् विस्तार गरेका छैनन् ।

विश्वासको मत लिएर सरकार विस्तार गर्ने भनेका उनले भदौ ७ गते विश्वासको मत लिएको पनि एक साता पुगिसक्यो ।गठबन्धनभित्रै मन्त्रीको संख्या र मन्त्रालय नटुंगिदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । हालका ६ मन्त्रीमध्ये माओवादी केन्द्रका कृष्णध्वज खड्काले आर्थिक मामिला तथा योजना र नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी ग्रामीण तथा सहरी विकास मन्त्रालय र जसपाका सहषराम यादवले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका थिए । जसपाका पुरमती ढेंगा र सुमन शर्मा रायमाझी तथा स्वतन्त्र सांसद अजय शाहीको मन्त्रालय तोकिएको छैन ।

अब विस्तार हुने मन्त्रिपरिषदमा नेपाली कांग्रेस र माओवादी केन्द्रबाट तीनरतीनजना मन्त्री र एक(एकजना राज्यमन्त्री नियुक्त गर्ने गठवन्धनका दुई दलबीच सहमति भइसकेको छ । तर दुवै पार्टीमा आकांक्षी धेरै जना हुँदा मन्त्री छान्न सकस भएको छ ।मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रालयको संख्या पनि थप गर्ने तयारी छ । शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्रिपरिषद् ११ सदस्यीय थियो । तर अहिले गठवन्धनलाई भाग पुर्‍याउन मन्त्रिपरिषद् १५ सदस्यीय पुर्‍याइँदैछ ।मन्त्रालय टुक्र्याउन मन्त्रालयको नामाकरणसहित मन्त्रिपरिषद्बाट कार्यविधि पारित गर्नुपर्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव सरुवा भएका र नयाँ मुख्य सचिव आएको एक(दुई दिन मात्र भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले बताए । ‘संविधान र कानुनको सीमाभित्र रहेर मन्त्रालय थप गरी बढीमा एक हप्ताभित्रै मन्त्रिपरिषद विस्तार हुन्छ,’ खानले बताए ।

सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले गठवन्धनका तर्फबाट सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन केही समय लागेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताए ।भदौ १७ गते प्रदेशसभाको बैठक बस्दासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले बताए ।कोरोना महामारीको जोखिम कायमै रहेका बेला प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेतृत्वविहीन छ । यसअघि सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छुट्टै बनाइएको थियो ।उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय दुवैको केही कामलाई मिलाएर ग्रामीण तथा सहरी विकास मन्त्रालय थप गरिएको थियो । त्यसैगरि भौतिक पूर्वाधार मन्त्रालयमा राज्यमन्त्री समेत राखिएको थियो ।

अब युवा तथा खेलकुद, उद्योग र पर्यटन मन्त्रालय बनाउन सकिने एक नेताले बताए । तर, कुन कुन मन्त्रालय बनाउने भन्नेबारेमा भने अझै टुंगो लागिसकेको छैन ।मन्त्री थप हुने भएपछि उनीहरुलाई आवास र गाडीको व्यवस्थापन गर्न पनि समय लागेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन गएको हो ।नियुक्तिका लागि आकांक्षी धेरै भएपछि मुख्यमन्त्री केसी र प्रदेश प्रमुख अमिक शेरचनको निजी सचिवालयले पनि पूर्णता पाउन सकेको छैन ।@onlinekhabar