भीरकोट १५ भदौ । नेपाली काँग्रेसको १४ ओैं महाधिवेशन नजिकिदै जाँदा नगर क्षेत्र र जिल्ला नेतृत्वमा दावी गर्दै उमेद्वारी घोषणा गर्ने क्रम सुरू भएको छ । स्याङ्जाको भीरकोट नगरपालिकाको नगर सभापती पदमा आफ्नो उमेद्वारी सहित नगरवासीलाई सहयोग, समर्थन र अमुल्य मत दिन आग्रह गर्दै भीरकोट ५ का वडा अध्यक्ष तथा सामाजिक सेवामा क्रियाशिल यामप्रसाद अधिकारी लक्ष्मणले आफ्नो सामाजिक संजाल फेसवुक मार्फत आग्रह गरेका छन् ।
शासन व्यक्तिको होईन विधिको हुनुपर्दछ भन्ने जेसीज अभियानवाट समाजसेवामा प्रवेश गरेका अधिकारी एक सफल युवा व्यवसायी हुन् । व्यवसाय संगै समाजसेवामा प्रवेश गरेका उनी संग फर्निचर व्यवसायी संघ स्याङ्जाका संस्थापक अध्यक्ष, वालिङ उद्योग वाणिज्य संघका सह कोषाध्यक्ष सहित दुई कार्यकाल, वालिङ जेसीजको अध्यक्ष लगायत थुप्रै सामाजिक संघ संस्थाको अनुभव छ । हाल भीरकोट नगरपालिकाको वडा अध्यक्ष अधिकारी नगरको विकास निर्माण, युवा तथा व्यवसायीहरूको हक अधिकारका विषयमा खुलेर लागेका छन् ।
भर्खरै कोभीडको महामारी नियन्त्रणका लागि विपतमा हामी भीरकोट जेसीजको अभियानलाई सफल पार्न दिन रात नभनी रोगको समेत प्रवाह नगरी विरामिलाई अस्पताल सम्म पुर्याउने, उपचारको प्रवन्ध गर्ने कार्यमा देशभर चर्चा कमाएका उनी भन्छन, ूपार्टी भित्र नीति, विचार र दृष्टिकोणलाई थप उचाइमा पुर्याउनु मेरो महत्वपूर्ण कार्य रहने छ । ू