विवेकशील विवाद: पाण्डेले समानान्तर गतिविधि नरोके कारवाही गर्ने मिश्र पक्षको चेतावनी

प्रकाशित मिति:

काठमाडौँ- विवकेशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अर्का संयोजक मिलन पाण्डेलाई समानान्तर गतिविधि नरोके कारवाही गर्ने चेतावनी दिएका छन् ।

बिहीबार मिश्र र पाण्डे पक्षको छुट्टा छुट्टै बैठक बसेको थियो । पाण्डे पक्षको बैठकले एकलौटी रुपमा पार्टीको न्याय तथा सुशासन आयोग बनाउने प्रक्रिया थाल्ने निर्णय गरेको थियो ।

त्यसको केही बेरमै मिश्र पक्षको बैठकले पाण्डे पक्षलाई यस्ता गतिविधि नरोके कारवाही गर्ने चेतावनी दिएको हो । विवेकशील साझा पार्टीका दुई संयोजक मिश्र र पाण्डेबीच केही समययता विवाद चर्किँदैआएको छ ।