बुटवल – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश सभा `क´ क्षेत्र नं. १ अर्घाखाँचीको प्रदेश महाधिवेशन प्रतिनिधिका लागि बिकास पाण्डेले उम्मेद्धारी घोषणा गरेका छन् ।
विगत लामो समयदेखि नेपाल विद्यार्थी संघमा रही सकृय विद्यार्थी नेताको भुमिका निर्वाह गरिरहेका पाण्डेय नेपाल विद्यार्थी संघ लुम्बिनी वाणिज्य क्याम्पसका नेता सामाजिक, राजनैतिक एवं व्यवसायिक, समाजसेवी, भद्र एवम् कुसल राजनितीज्ञ युवाहरू माझ लोकप्रिय छन् ।
त्यस्तै, १३ औं महाधिवेशनमा साविक भगवती गावीसबाट क्षेत्रीय प्रतिनिधी निर्वाचित भएका उनी यसपालि छत्रदेव ७ बाट क्षेत्रीय प्रतिनिधी बनेका छन ।