नागरिकता दिलाई दिन माग गर्दै मुख्यमन्त्री केसीलाई ज्ञापन पत्र

प्रकाशित मिति:

बुटवल ,  भदौ । नेपाली नागरिक भएर पनि नागरिकता प्राप्त नगरेको भन्दै नेपाली नागरिकता विहिन संघर्ष समिति , नवलपरासीले नागरिकता दिलाई दिन माग गरेको छ ।बुधवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री अजय शाहीलाई नागरिकताबाट बन्चित हुँदाका समस्या सुनाउँदै नागरिकता दिलाइ दिन माग गर्दै ज्ञापन पत्र समेत दिएका छन् ।

नवलपरासी पालिनन्धन गाउँपालिकाकी २२वर्षिय रिमा कोहारले क्याप्पस तहमा अध्ययन गरी रहेको बताउदै उच्च शिक्षाका लागि नागरिकता नबन्दा समस्या भएको सुनाएकी थिइन् । उनले नागरिकाता नहुँदा सरकारी सेवा, रोजगार बाट पनि बन्चित हुन परेको बताइन् ।त्यस्तै , सोही गाउँपालिकाका युवा संजिव हरिजनले पनि आफ्ना बाबु र आमामा संग नपाली नागरिकता रहेको तर जिल्ला प्रशासन कार्यालयले नागरिकता नदिएको गुनासो सुनाएका थिए ।त्यस्तै , उपस्थित सवैले नेपाली आमा बुवाका सन्तानले नै नागरिकता प्राप्त गर्न नसकी शिक्षा , स्वास्थ्य ,रोजगार र मताधीकार लागएतको अधिकारबाट बञ्चित भैरहेको कुराको सरकारलाई ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले कानून बमोजिम आफूहरु नागरिकता प्राप्तको लागि योग्य रहेको तर पटक पटक यस विषयमा कुरा उठे पनि राज्यको तर्फबाट कुनै वास्ता नभएको बताए ।मुख्यमन्त्री कुल प्रसाद केसीले भने नागरिकता दिने विषय केन्द्र सरकारको अधिकार क्षेत्र रहेकोले प्रदेश सरकारले नागरिकता समस्या समाधान गर्न केन्द्र सरकारलाई आग्रह गर्ने बताए ।प्रदेशका उद्योग , वाणिज्य तथा आपुर्ति मन्त्री अजय शाहीले नागरिकता दिलाउनमा आफुले सकारात्मक भुमिका खेल्ने बताए । अब पनि नागरिकता नपाए पिडितहरु संगै आन्दोलनमा जाने मन्त्री शाहीले बताए ।नवलपरासीमा मात्रै यस्तै नागरिकता नपाउनेहरु झण्डै १ लाख रहेका छन् भने नेपाल भर ९ लाखले नागरिकता पाएका छैनन् ।