काठमाडौं – कांग्रेस नेता शेखर कोइरालाले बागमतीमा कांग्रेसले अढाई महिनाको लागि नेतत्व मागेको प्रति आपत्ति जनाएका छन् । उनले प्रस्ताव आपत्तिजनक र अस्वीकार्य भन्दै यसले कांग्रेस पार्टीलाई कमजोर बनाउँने बताएका छन् ।
‘वागमती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउँन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य छ। यसले कांग्रेस पार्टीलाई कमजोर बनाउँछ ‘ उनको भनाइ छ।
उनले यो प्रस्तावले संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउने बताए। ‘ संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउँन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो रु ‘ उनको भनाइ छ।