अविरल वर्षाका कारण बालीनालीमा क्षति पुगेका किसानको लागि राहत प्याकेजको व्यवस्था गर्न नेकपा एमालेले सरकारसँग माग गरेको छ।
बिहीबार ललितपुरस्थित च्यासलमा बसेको स्थायी कमिटी बैठकले पीडित किसानको लागि क्षतिपूर्तिको व्यवस्था गर्न र राहत प्याकेजको घोषणा गर्न माग गरेको हो।पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बैठकपछि पत्रकारसँग कुराकानी गर्दै राहत प्याकेज उपलब्ध गराउन माग गरेको जानकारी दिएका हुन्।किसानहरूलाई लक्षित गरेर तत्काल राहत प्याकेज र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ, उनले भने।
साथै अवरूद्ध बनेको विद्युत, सडक, सञ्चार लगायत तत्काल पुनर्निर्माण गर्दै सेवा उपलब्ध गराउन एमालेले माग गरेको छ। यस्तै घर गुमाएकाका परिवारको लागि पुनर्स्थापनाको माग पनि गरेको छ।प्राकृतिक विपत्तिहरूमा मौसमको पूर्वानुमानको प्रभावकारी व्यवस्था हुन र किसानसमक्ष पहुँच पुर्याउन समेत एमालले माग गरेको छ।