विरेन्द्र कुँवर
अनौठो कुरा के छ भने दुई चार हजार दिएर सुचना प्रसारण गर्नुपरे पत्रपत्रिका रेडियो टेलिभिजन नचाहिने । अझ भनौ संचार माध्यामको प्रभाव नपर्ने तर आफुले गरेको सामान्य कार्यक्रमको समचार चाँहि सबै संचार माध्यामले प्रकाशन प्रशारण गर्नुपर्ने । अव सबै संचारमाध्यामले ति संघसंस्था व्यवसायी उद्योगी व्यक्तिलाई प्रश्न गर्नुपर्ने बेला आएको छ हजुरको समाचार पनी माइकिङ गर्दै बजार परिक्रमा गरे हुदैन र ।रुपन्देहीको पत्रकारीताले छोटो समयमा निकै ठुलो फड्को मारेको छ । रुपन्देहीमा एफएम रेडियोको संख्या २१ पुगेको छ । यो क्रम अझै बढ्दै छ । दैनिक पत्रिका ६ साप्ताहिक पत्रिका दुईदर्जनको हाराहारीमा छन भने चार वटा टेलिभिजन सख्या । मासिक अर्धवार्षिक बार्षिक रुपमा प्रकाशन हुने पत्र—पत्रिकाको सख्या गनीसाध्य छैन । रुपन्देहीमा अनलाईन न्यूज पोर्टलहरु पनि दिनप्रतिदिन बढिरहेका छन् । संख्यात्मक हिसाबले यो क्षेत्र उर्बर भूमी नै हो । यसका अलवा देशभरकै सञ्चारमाध्यमको तुलना गर्दा यहाँको पत्रकारिताको गुणस्तर पनि अब्बल नै रहेको कुरा कसैले लुकाउनुपर्दैन । रुपन्देहीमा जसरी मिडिया खोल्ने लहर अन्यत्र पनि जारी छ । के गाउँ के सहर जताततै मिडिया खुलिरहेका छन् । सूचनामा नागरिकको पहुँच हुनुलाई राम्रो मान्नुपर्छ । तर, मिडिया खोल्न जुन होडबाजी चलिरहेको छ, त्यहि अनुपातमा मिडियाको बजार विस्तार भएको छ त ? यो बारेमा यस लेखमा चर्चा गर्ने कोसिस गरिएको छ ।
बिज्ञापन दर रेट उही
सञ्चारमाध्यमको मेरुदण्ड भनेको बजार हो अर्थात विज्ञापन । विज्ञापनविना सञ्चारमाध्यमको कल्पना गर्नु मुर्खता शिवाय केहि हुन्न । म मिडियामा प्रवेश गरेको एक दशक पुग्यो । जतिखेर म मिडियामा प्रवेश गरेको थिए, त्यतिखेर चाडपर्वमा दिइने शुभकामना सन्देशको न्यूनतम मूल्य ५ सय रुपैयाँ थियो । यो दररेट रेडियो र पत्रपत्रिकामा थियो । केहि अपवाद वाहेक यो मूल्यमा शूभकामना सन्देश प्रकाशन र प्रशारण हुँदा पनि आम्दानी राम्रो हुन्थ्यो । आज अर्थात २०७४ सालमा पनि त्यो शूभकामना सन्देशको मूल्य त्यतिनै अर्थात १० बर्षअघि कै मूल्य पाँचसय रुपैयाँ छ । अझ कतिपयले त घटाउन बाध्य पनि छन र छौं । यो त एउटा उदाहरण मात्रै हो । अन्य मासिक, बार्षिक वा मौसमी विज्ञापन नै किन नहोस् मूल्यसूची बढेको छैन । एक दशकको अवधिमा बजारका हरेक बस्तुको मूल्य बढेको छ । जनशक्तिको पनि मूल्य बढाउनै पर्छ बढेको पनि छ ।तर सबैलाई सचेत बनाउने, पलपलको खबर पस्कने राज्यको चौथो अंग सञ्चार क्षेत्रको बिज्ञापन दररेट भने बढ्न सकेन । अझ बर्षमा पाँचसय रुपैयाँ नबढायर शुभकामना दिने ब्यापारीले दैनिक पत्रिका पढेको शुल्क समेत त्यही शुभकामनाको पैसामा जोडिदिन्छन र भन्छन — “शुभकामना दिएकै छु त, फेरी के को ग्राहक शुल्क दिनु ।”
केन्द्रीकृत बिज्ञापन
देश संघिय प्रणलीमा गएको छ । केन्द्रको अधिकार गाउँ नगरमा आएको छ । तर सञ्चार क्षेत्रको विज्ञापन प्रणालीमा भने केन्द्रीकृत प्रणालीले जरा गाडिरहेको छ । हरेक सरकारी कार्यालयले दिने बोलपत्र आह्वान वा सूचनामूलूक सन्देश दिने बिषयमा केन्द्र नै ताक्ने केन्द्रकै मिडिया खोज्ने पद्धती छ । यो भनेको केन्द्रीकृत मानसिकता नै हो । काण्ठमाडौं खाल्डो बाहिरका संचार माध्यामले हामी राष्ट्रिय हा भनेर जतिसुकै चिच्याएपनि सुन्दैनन लाखौलाखका बोलपत्र आह्वानको सूचना दिने निकाय । अर्थात सरकार । जिल्लाका सञ्चारमाध्यमहरु अझै पनि दुई चार हजार रुपैयाँमै चित्त बुझाउन बाध्य छन् । आज भोलि त कुनै पनी सञ्चारमाध्यम सोझै सरकारी कार्यालय पुगे भने सरकारी कर्मचारीहरु नै सिकाउँछन एउटा मिडिया एजेन्सी खोलेर आउनुस् न । यसको सोझो अर्थ हो की मिडिया हाउससँग कमिशनको खेल हुँदैन । एजेन्सी मार्फत विज्ञापन प्रशारण वा प्रकाशन हुँदा मिडिया हाउसलाई भन्दा एजेन्सीलाई धेरै नाफा हुनजान्छ । यी कुरा गरिरहदा मैलै कुनै मिडिया एजेन्सीको बिरोध गर्न खोजेको होईन । एजेन्सि खोलेर आउनुस र मात्रै सुचना दिन्छौ भन्ने पद्धतिको जो विकाश भएको छ यो सरासर गलत हो । एउटा अच्चम लाग्दो कुरा के छ भने यहाँका केही व्यापारीहरु सामान्य बिज्ञापन गर्न परे ठूला लगानीका ब्रोडसिटका सञ्चार माध्यामहरु खोज्छन तर तिनै व्यवसायीका संस्थाले रक्तदान, साधारणसभा वा कुनै कार्यक्रम गरे भने यहाँका स्थानीय सञ्चारमाध्यम खोज्छन । अनि भन्छन मेरो नाम र पद छुटेछ नी । विज्ञापन दिने बेला यहाँका मिडिया सानो हुने अनि रक्तदान, साधारणसभाका समाचार फेरी अग्रभागमा छापिदिनुपर्ने, क्या गज्जब छ ।
बिज्ञापन दिने संस्कार छैन
यहाँ त विज्ञापन दिनु भनेको चन्दा दिनुजस्तै हो भन्ने धेरै उद्योगी, व्यवसायीहरुको बुझाई छ । विज्ञापनलाई चन्दा सहयोग भन्ने त अधिकांश छन तर केहि यस्ता उद्योगी व्यवसायीहरु पनि छन विज्ञापन माग्नु भनेको भिख नै मागेको हो । तर यथार्थमा यो सहि हो त ? कुनै पनि हालतमा होईन । विज्ञापन गर्नु भनेको कसैलाई चाहेर सहयोग गर्नु पटक्कै होईन । यो त उपभोक्तालाई आफ्नो उत्पादन चिनाउनु, विकाउनु वा किन भनेर दिएको सूचना हो । विज्ञापन पनि लगानी हो भन्ने बुझ्न आवश्यक छ । अझ भनौ जिल्लामा रहेका धेरैजसो ब्यबसायीको पत्र—पत्रिका, रेडियो टेलिभिजनमा बिज्ञापन दिनपर्छ भन्ने सोच नै छैन । २÷४ हजारको बिज्ञापनले लाखौको आम्दानी गर्छ भन्ने ती लगानीकर्तालाई बुझाउन हामी (सञ्चारमाध्य) पनि असफल भएका छौं । विश्व सूचना र सञ्चारको नवितम प्रयोगमा अभ्यस्त छन । शहरका हरेक चौकमा सञ्चारमाध्यम छन तर यहाँ कुनै सभा सेमिनार वा मेला महोत्सव गर्नुपर्यो भने रिक्सा वा गाडीमा माइकिङ गर्दै हिड्छन् । ति सस्थाले संचार माध्यामको प्रयोग गरेर सुचना प्रवाह गर्न किन गाह मानेका होलान । एक हजारको सूचनाले लाखौंलाई सन्देश दिन सकिने उपायबारे किन नबुझेका होलान ती मनुवाहरुले । मिडियाको प्रभावले खासै काम नगर्ने तर्क पनी गर्दछन कतिपयले । तर आफ्नो कार्यक्रमको उदेश्य पूरा भएपछि भने संचार माध्याममा समाचार प्रभाव गरिदन अनुरोध गर्दछन । अनौठो कुरा के छ भने दुई÷चार हजार दिएर सुचना प्रसारण गर्नुपरे पत्रपत्रिका रेडियो टेलिभिजन नचाहिने । अझ भनौ संचार माध्यामको प्रभाव नपर्ने तर आफुले गरेको सामान्य कार्यक्रमको समचार चाँहि सबै संचार माध्यामले प्रकाशन÷प्रशारण गर्नुपर्ने । अव सबै संचारमाध्यामले ति संघसंस्था÷व्यवसायी÷उद्योगी÷व्यक्तिलाई प्रश्न गर्नुपर्ने बेला आएको छ —“हजुरको समाचार पनी माइकिङ गर्दै बजार परिक्रमा गरे हुदैन र । जिल्लामा हरेक प्रकारका उद्योग खुलेका छन । ती उद्योगले पनी जिल्लामा सञ्चालित संचारमाध्यामलाई सानो बिज्ञापन दिन बडो मुस्किल मान्छन तर जिल्ला बाहिर बिज्ञापन पठाउदा र जिल्लामै फाट्ट फुटट सुचना या बिज्ञापन दिदा आफ्नो उद्योगले सबैले भन्दा बढी संचार माध्यामलाई सहयोग गरेको भनी गर्व गर्न पछि पर्दैनन । यी सोंचलाई त्यागेर स्थानीय सञ्चारमाध्यम सबल बनाउनतर्फ लाग्न जरुरी छ । विज्ञापन भनेको दान, चन्दा, सहयोग केहि होईन तपाईको उत्पादनको प्रवद्र्धन हो, यो त लगानी नै हो ।
मिडियामा किन मोह
धेरै व्यक्तिहरु मिडियामा लगानी गर्न तयार हुन्छन । मिडियामा लगानी गर्न पाए ठुलो सम्झन्छन । म पनि त मिडिया कै मान्छे हो भनेर गफ मात्रै दिने होईन कार्ड पनि देखाउन भ्याउछन । दैनिक साँझ बिहान नाफा घाटाको हिसाव गर्नेहरु मिडियामा लगानी गरेको हिसाव नै गर्दैनन् । एक रुपैयाँको नाफा घाटाको लेखाजोखा गर्नेहरु मिडियामा किन नाफा घाटाको क्याल्कुलेटर दबाउदैनन अब तीनिहरुको लगानी खोज्नुपर्ने बेला आएको छ । आखिर लगानी फिर्ता हुने ग्यारेटी नै नभए पनी मिडियामा लगानी किन गरेका होलान । मिडियामा लगानी गर्नुलाई नकरात्मक ढगंबाट नहेरौ तर लगानी गर्ने लगानीकर्तालाई किन प्रेस कार्ड चाहिएको होला बुझिसाध्य छैन मानिसहरुको मनोभावना पनी । तर यहाँ सवाल हो मिडिया हाउस बचाउने । जति व्यक्तिहरु मिडिया हाउस खोल्न आतूर छ बचाई राख्न कोही पनी तयार छैन किन ? मिडियामा गरेको लगानीबाट नाफा कमाउन नसकिने जानकारी हुदाहुदै पनी दैनिक नाफा घाटाको हिसाब गर्नेहरु लाखौ रुपैयाँ खर्चन तयार छन किन ? यो बषिय खोज्न जरुरी छ ।
अन्त्यमा
माथि जति पनि बिषयमा चर्चा गरियो यो प्रश्न मात्रै होईन खबरदारी पनि हो । आज मिडियाहरुको संख्या बढ्दै गएको छ । यो बिषयमा राज्यले चिन्ता चासो लिने बिषय छदैछ ।तर कुनै पनि बच्चा जन्मेपछि उसले खान पाउने नैसर्गिक अधिकार भएजस्तै समाजमा सूचना प्रवाह गर्ने सञ्चारमाध्यम टिकाउने दायित्व मुख्यतया राज्यको हो । त्यसपछि आफ्नो स्वार्थ पर्दा जतिखेर पनि आवश्यक पर्ने स्थानीय सञ्चारमाध्यम बचाउन व्यापार, व्यवसाय, उद्योगको उत्पादनको प्रबद्र्धनका लागि विज्ञापन दिने बानी बसाल्दा घाटा हुँदैन । यी बिषयमा तत् निकायले चासो दिदा सबैको कल्याण हुन्छ ।