बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो कार्यकाल भ्रष्टाचाररहित हुने दाबी गरेका छन् । उनले सुशासन दिने कोशिस गर्ने जानकारीसमेत दिए । बिहीबार मुख्यमन्त्री पदको शपथ लिएपछि पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री पाण्डेले समाजवाद उन्मुख कार्यक्रम अगाडि सारेर जनताको सेवा गर्ने प्रतिवद्धता जनाए ।
उनले भने, ‘स्वभावैले सर्वहारा, श्रमजीवी, गरिब किसानको पक्षमा हामी काम गर्छौं ।’ उनले अघिल्लो सरकारले गलत निर्णय गरेको रहेछ भने त्यसलाई सच्याउने बताए । प्रदेश सरकारले पूरक बजेट ल्याउन सक्ने पनि उनले जानकारी दिए ।
प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नेबारे सोधिएको एक प्रश्नमा केन्द्रमा भएको सहमति अनुसार नै आफू मुख्यमन्त्री बनेको भन्दै उनले केन्द्रमा गठबन्धनले जे निर्णय गर्छ, त्यसैअनुसार आफूहरु अगाडि बढ्ने बताए ।