नेपाली काङ्ग्रेस चापाकोट द्वारा आयोजीत चियापान कार्यक्रम सम्पन्न , विभिन्न पार्टी परित्याग गरि १० जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश
स्याङ्जा, कार्तिक १६ । नेपाली काङ्ग्रेस चापाकोट नगर कार्य समितिले शुभ दिपावलि तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाली काङ्ग्रेस चापाकोटका नगर सभापति विक्रम बहादुर सारुको अध्यक्षता र स्याङ्जा जिल्लाका कार्यवाहक सभापति बुद्धि वाहादुर राना कुमार को प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा शुभकामना दिदै जिल्ला सभापति रानाले नेपाल र नेपाली जनताको समृद्धि , विकाश र सामाजिक रुपान्तरणको आधार नेपाली काङ्ग्रेस पार्टी मात्र रहेको वताउनुभयो । ” एैतिहासिक पृष्ठभूमिलाई हेर्ने हो भने पनि राणाशासन , दासप्रथा उन्मुलन देखि लिएर प्रजातन्त्र स्थापनामा नेपाली काङ्ग्रेसकै मुख्य भुमिका देखिन्छ । राष्ट्रियता ,प्रजातन्त्र र समाजवादको मुल नारा वोकेको यस पार्टीले राष्ट्र र जनताको समृद्घिको एजेन्डालाई अगाडि राखेर मात्र काम गर्दै आएको छ।
”
यस्तै राजनितीलाई तपस्याको संज्ञा दिदै आमनागरिकले नेतृत्वको चयन गर्दा नातावाद र कृपावाद भन्दा पनि कुसल र योग्य नेतृत्वकर्ता चयन गर्नुपर्ने उहाँले सुझाउनुभयो ।कार्यक्रममा शुभकामना मनतव्य दिदै महाधिवेशन प्रतिनिधि तथा नगर प्रमुख शिवकुमार गिरिले अबको पार्टी नेतृत्व सक्षम युवा केन्द्रित र बिकास केन्द्रित हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा शुभकामना दिदै नगर सभापति सारुले समाजको विकाश र समृद्धिका लागी पार्टीको विचारघारा र सिद्धान्तलाई अनुसरण गर्दै अगाडि वढ्न अनुरोध गर्दै कार्यक्रममा सहभागी सम्पुर्णलाइ धन्यवाद दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश माननीय संसद तथा नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका सचेतक भागवत् प्रकाश मल्ल, महाधिवेशन प्रतिनिधि तथा चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरि , वालिङ् नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँड , चापाकोट नगर उपप्रमुख विमला श्रेष्ठ, क्षेत्र नं। २ का सभापति देव वहादुर खाड इश्वर महासमिति सदस्य सरस्वती अर्याल तिवारी, कल्पना तिवारी, भोजराज अर्याल लक्ष्मीकान्त रेग्मी, श्याम बस्याल, नेपाली काङ्ग्रेस नेत्री तथा चापाकोट नगरपालिका उपप्रमुख बिमला श्रेष्ठ लगायतका नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १० जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गर्नुभएको थियो । नगर उपसभापति सुन्दर भण्डारीको स्वागतवाट शुरु भएको कार्यक्रमको संचालन नगर सचिव माधव प्रसाद गैह्रेले गर्नुभएको हो ।