काठमाडौं- नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेब गौतमले एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेशन) परियोजना फिर्ता लैजानुपर्ने बताएका छन्। उनले बुधबार विज्ञप्ति जारी गर्दै एमसीसी फिर्ता लगेर नेपालको हित प्रवर्द्धन गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको छ। नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकारले र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्नँ।’ उनले जनमत पनि गम्भीर रुपमा विभाजित भएर प्रकट हुन थालेको बताए।केही राजनीतिक पार्टीले एमसीसी आवश्यक संशोधन गरेर स्वीकार गर्ने, बीचको बाटो अवलम्बन गर्ने प्रस्ताव राखे पनि त्यो लागू हुन भने नसकेको र अब लागू हुने सम्भावना झन(झन न्यून हुँदै गएको उल्लेख गरे।
‘यो सम्झौताले नेपालका छिमेकी मुलुकहरुसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने शंका व्यक्त भइरहेको देखिन्छ। सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको छु, उनले भने, ुउपरोक्त अवस्थालाई मध्यनजर गर्दै अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको छ।’