काठमाडौँ- २७ कात्तिकमा बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तीन बुँदे एजेण्डा तय गरेको छ ।
शुक्रबार बत्तीपुतलीमा बसेको आफू निकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकमार्फत पौडेल समूहले सभापति शेरबहादुर देउवालाई तीनवटा बुँदामा केन्द्रित रहेर प्रश्न उठाउने तयारी गरेको हो ।
केन्द्रीय सदस्य चन्द्र भण्डारीका अनुसार महाधिवेशनको सुनिश्चितता, न्यायालयको विषयमा मौनता र संसद अधिवेशन अन्त्यको कारणबारे प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई पौडेल समूहले प्रश्न सोध्ने भएको हो ।